६ आश्विन २०८१, आइतबार

बलात्कार अभियुक्त फरार


crimes

वीरगञ्ज, १३ असार । गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जन्ती हेर्न आएकी ती बालिकालाई शुरुमा राकेशले जिस्काएको र पछि जबर्जस्ती करणी गरेको उजुरी परेपछि सो घटना सार्वजनिक भएको हो । पीडित पक्षको बयान र उजुरीका आधारमा पर्साका प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी जारी रहेको बताउनुभयो । शुरुमा सो घटना गाउँमै मिलाउन खोजिएपनि घटना सार्वजनिक भएपछि दुवै पक्षलाई मिलापत्र गराउने पञ्च भनाउँदाको योजना तुहिन गएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !