१३ आश्विन २०८१, आइतबार

लागुऔषध ब्राउनसुगरसहित तीन पक्राउ


पक्राउ

बर्दिया, २२ वैशाख । बाह्र ग्राम लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ का दिनेशकुमार बोहोरा, पुष्कर शाही र सुशील भारती रहेका छन् ।

तीनै जनालाई इलाका प्रहरी कार्यालय सानोश्रीको टोलीले मधुवन नगरपालिका–५ मा रहेको श्रीकृष्ण सामुदायिक वन नजिकबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक मदनजीत महराले पक्राउ परेकाको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद गरेको बताउनुभयो । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको निमित्त प्रमुख महराले जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !