३ आश्विन २०८१, बिहीबार

अख्तियारद्वारा वन कर्मचारी पक्राउ


पक्राउ

१५ चैत, विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले मोरङ जिल्लामा कार्यरत सहायक वन अधिकृत सलाउद्दित अन्सारीलाई घुस लिएको आरोपमा रकमसहित आज पक्राउ गरेको छ ।

सव डिभिजन वन कार्यालय केराबारी मोरङमा कार्यरत अन्सारीलाई आज रु ३५ हजार रकमसहित डिभिजन वन कार्यालय विराटनगरको हाताभित्रबाट पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !