६ जेष्ठ २०८१, आइतबार

आचार्य श्रीनिवास पक्राउ


२४ वैशाख, काठमाण्डौ । हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई काठमाण्डौवाट पक्राउ गरेको हो ।

आचार्यमाथि चैत २५ गते गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएको हो । गोली प्रहारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका थिए ।

उनीहरुले आचार्य श्रीनिवासले नै योजना बनाएर आफूलाई गोली हान्न लगाएको बयान दिएपछि उनलाई पक्राउ गरिएको हो । आचार्यमाथि गत २५ गते गोली हानेर घाइते बनाइएको थियो ।

विराटनगरको जतुवामा श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला उनीमाथि गोली प्रहार भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !