५ आश्विन २०८१, शनिबार

बेपत्ता भएका डिएसपी आफैँ सम्पर्कमा


sanjaya

१३ वैशाख, काठमाण्डौ । बयान लिँदा लिँदै शौचालय जान्छु भनेर बेपत्ता भएका प्रहरी नायव उपरीक्षक सञ्जय राउत पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट भित्रिएर हराएको भनिएको तस्करीको ३३ किलो सुन प्रकरणमा गृहमन्त्रालयमा बयान दिन पुगेका राउत शौचालय जान्छु भनेर बेपत्ता भएको २४ घण्टापछि आफैँ सम्पर्कमा आएका हुन् ।

गृहमन्त्रालय श्रोतका अनुसार डिएसपीसँग विहीबार नै बयान लिने तयारी गरिएकाे छ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव इश्वर पौडेलको संयोजकत्वमा गठित समितिले उनको बयान लिने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !