५ आश्विन २०८१, शनिबार

ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ


crimes

११ वैशाख, काठमाण्डौ । धरान–१५ स्थित श्याम चोक र पानबारीको वीचमा रहेको जंगलमा प्रहरीले गोलि चलाएर कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले धरानमा फरार अभियुक्तलाई पक्राउ गर्न मंगलबार दिउँसो एक राउण्ड गोली चलाई स्थानीय १८ वर्षीय कुम्वे राईलाई पक्राउ गरेको हो । उनलाई लखेट्दै गएको प्रहरी टोलीलाई राईले ढुंगा प्रहार गर्न थालेपछि एक राउण्ड फायर गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रमुख प्रहरी नायब उपरीक्षक (रामेश्वर पौडेलले अनलाइखबरलाई बताए ।

यसअघि सोमबार साँझ कुम्वेको समूहले पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पढ्दै गरेका विद्यार्थी सुजन खड्का र प्रदीप सापकोटालाई छुरा प्रहार गरेका थिए ।

खड्कालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ भने सापकोटाको स्थिति सामान्य छ ।

घटनामा संलग्न रहेका कुमार र विज्ञान लिम्बु सोमबारै पक्राउ परेका थिए । उनीहरुमाथि ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !