५ आश्विन २०८१, शनिबार

जिशिअ ज्ञानमणि नेपालविरुद्ध बलात्कार मुद्दा


crimes

११ वैशाख, बर्दिया । जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ ।

नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुव्र्यबहार गरेको आरोप एक बालिकाले लगाएकी छन् । फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार दुव्र्यवहारको सिकार भइकी थिइन् ।

उनकी फुपु सोही कार्यालयका प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन् । विद्यालय छुट्टि भएको समयमा फुपुसँग बस्न आएकी बालिकालाई पढाउन भनेर प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाको आरोप छ ।

फुपु खाना पकाउनका लागि भान्सामा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने बहानामा दुव्र्यवहार गरेको आरोप छ । पढाउने बहानामा अंगालो हाल्ने, स्पर्श गर्नेलगायतका क्रियाकलाप गरेर जिशिअ नेपालले बालिकालाई दुव्र्यवहार गरेको आरोप छ ।

नेपालको खोजी भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । भट्टराईका अनुसार नेपालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !