५ आश्विन २०८१, शनिबार

३३ केजी सुन प्रकरणको अभियोगमा पूर्व डिआईजी निरौला पक्राउ


pakrau

९ वैशाख, काठमाण्डौ । विमानस्थलवाट हराएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (डिआईजी) गोविन्द निरौला पक्राउ परेका छन् । गृहमन्त्रालयको छानबिन समितिले उनलाई आइतबार पक्राउ गरेको हो ।

समितिले नियन्त्रणमा लिएपछि निरौलालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको प्रहरी स्रोतले बतायो। तस्करहरूलाई सहयोग गरेको देखिएपछि उनलाई थुनामा राखिएको हो ।

निरौलाले गत चैत २८ मा अवकाश पाएका थिए ।

निरौला गत वर्ष विमानस्थलमा प्रहरी इन्चार्जका रूपमा कार्यरत थिए । सोही घटनाको अनुसन्धानका लागि २२ जना यसअघि नै पक्राउ परिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !