१३ आश्विन २०८१, आइतबार

दुई सय ५० ग्रामका पाँच थान सुनका चुरा सहित तीन जना पक्राउ


crime

५ वैशाख, काठमाण्डौ । दुई सय ५० ग्रामका पाँच थान सुनका चुरा सहित तीन जनलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरले मंगलबार गोप्य सूचनाको आधारमा काठमाण्डौ महानगरपालिका १७ का ३६ वर्षीय रतनलाल श्रेष्ठ, उदयपुरको त्रियुगा नगरपालिका १६ की २२ वर्षीय लिलाकुमारी श्रेष्ठ र सिराहाको लहान नगरपालिका १५ का २० वर्षीय इन्द्र सदेकोलाई कोटेश्वरवाट प्रहरीले पक्राउ गरेको हो ।

स २ प ४०२८ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरुसँग तस्करीको सुन फेला परेको हो । तत्कालै मोटरसाइकलमा सवार व्यक्तिहरुसँग सम्पर्कमा आएका व्यक्तिसँग पनि एउटा सुनको बाला फेला परेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !