१३ आश्विन २०८१, आइतबार

चितवनवाट ११२ किलो गाँजासहित दुईजना पक्राउ


crime

४ वैशाख, चितवन । लागूऔषध गाँजासहित मंगलबार चितवनको भण्डारावाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो १ बजे चितवनको राप्ती नगरपालिका ११ चैथलीस्थित गोठमा लुकाई राखिएको अवस्थामा ११२ किलो गाँजासहित चितवन राप्ती नगरपालिका ११ चैथलीका ५० वर्षीया ठुलीमाया तामाङ र सोही ठाउँका २३ वर्षीय तिलक तामाङलाई पक्राउ गरेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनको पाँच रणनीतिक योजनाअनुसार लागू औषध ओसारपसार नियन्त्रणका लागि चलाइएको कारबाही अभियानका क्रममा यसरी उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवै जनालाई लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक ढकालले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !