२० कार्तिक २०८१, मंगलबार

रोकायको बलात्कारपछि हत्यामा प्रहरी नै संलग्न


Surkhet Girl Muder Case

१४ चैत, सुर्खेत । एसइई परीक्षा दिन पञ्चपुरी नगरपालिकाको बाबियाचौर आएकी युवती गोरीकला रोकायाको बलात्कारपछि हत्या भएको पाइएको छ। मंगलबार बिहान कोठामा मृत फेला परेकी १८ वर्षीया रोकायको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले बलात्कार र हत्यामा संलग्न प्रहरी जवानसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए। पञ्चपुरी–३ चौर घर भएकी रोकाय एसइईको परीक्षा दिन बाबियाचौरमा कोठा भाडामा बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार युवती बलात्कार र हत्यामा बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी जवान हरि कोइराला, पञ्चपुरी–८ माझीगाउँका २८ वर्षीय खुमप्रसाद बास्तोला र उनका भाई २० वर्षीय लक्ष्मी बास्तोला संलग्न रहेको पाइएको छ । ‘हामी घटनाको अनुसन्धानमै छौं, अहिलेसम्मको प्रारम्भीक अनुसन्धानबाट बलात्कार र हत्यामा तीन जनाको प्रत्यक्ष संलग्तना देखिएको छ’ एसपी चर्तुवेदीले भने, ‘तीनै जनालाई कर्तव्य ज्यान र जबरजस्ती करणीमा मुद्धा दर्ता गरेर अनुसन्धान अगाडि बढाएका छौं ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरेन्द्रनगरमा दरबन्दी रहेका ट्राफिक जवान कोइराला सात दिनअघि मात्रै बाबियाचौर गएका थिए । वीरेन्द्रनगरमा होटल व्यवसाय गर्ने लक्ष्मी बास्तोलासँग कोइरालाको पुरानो चिनजान थियो । सोमबार बिहान बाबियाचौरमा भेट भएपछि कोइरालाले लक्ष्मीलाई ‘केटी मिलाइ दिन’ आग्रह गरे। लक्ष्मीले गोरिकलालाई फोन गरे। फोनमा राति भेट्ने सहमति भयो ।

ट्राफिक प्रहरी कोइराला आफ्नो ड्यूटी सकेपछि लक्ष्मीको घर माझीगाउँ गए। त्यहाँको एक होटलमा दुबैले मदिरा सेवन गरे । राति साढे ११ बजे एउटै मोटसाइकलमा गोरीकलाको कोठामा आएका उनीहरूले सोही मोटरसाइकलमा राखेर उनलाई नजिकैको रंगशालामा पुर्याए । ‘त्यहाँ उनीहरूबीच शारीरिक सम्पर्क भएको पक्राउ परेकाहरुले स्वीकारेका छन्’ एसपी चर्तुवेदीले भने, ‘बिहान साढे १ बजेतिर बालिकालाई कोठामा पु¥याउन आउने बेला हत्या भएको देखिन्छ ।’

प्रारम्भीक बयानका क्रममा पक्राउ परेकाहरूले बलात्कार गरेको स्वीकारे पनि हत्या नगरेको दाबी गरेका छन् । पक्राउ परेकाहरूले मोटरसाइकल दुर्घटना हुँदा गोरिकला घाइते भएको बयान दिएपनि दुर्घटना भएको भनिएको मोटरसाइकलमा कुनै प्रकारको क्षति छैन् । मोटरसाइकलमा रगत भने देखिन्छ ।

‘पक्राउ परेकाहरुले मोटसाइकल दुर्घटना हुँदा युवती घाइते भएको र घाइते अवस्थामै डो¥याएर कोठामा पु¥याएको बताएका छन्’ उनले भने, ‘पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको बास्तविकता थाहा हुन्छ ।’ प्रहरीका अनुसार युवतीको दाँया कन्चटमा गहिरो चोट छ। दुबै खुट्टाका औला पोलिएका छन् । शरीरका अन्य भागमा पनि निलडाम छ ।

‘दोषीलाई कारवाही हुन्छ’

आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले गोरिकला रोकायको हत्यामा संलग्नलाई कानुन अनुसार कारवाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उनले शक्ति र पहुँचका आधारमा घटनामा संलग्नलाई उन्मुक्ति दिन नहुने भन्दै दबाब र प्रभावमा नपरेर अनुसन्धान अगाडि बढाउन निर्देशन दिए ।

‘कर्णाली प्रदेशका प्रहरी प्रमुखलाई बोलाएर घटनामा संलग्नहरूको खोजी र कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको छु’ बुधबार महिला अधिकारकर्मीसँगको छलफलमा उनले भने, ‘दबाब प्रभाव, शक्ति र पहुँचका आधारमा कसैले पनि उन्मुक्ति पाउँदैनन् ।’ उनले पछिल्लो समय महिलामाथि हुने हिंसाका घटनाहरू बढेको भन्दै त्यसलाई न्यूनिकरण गर्नका लागि प्रदेश सरकारले योजना बनाइरहेको बताए ।- नागरिक न्युजवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !