१४ चैत, सुर्खेत । एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ट्राफिक प्रहरीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको हो ।
उनीहरुले रोकायको हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय, बाबिचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार, यौनसम्बन्ध राख्न कोठावाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाय गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
पक्राउ परेकालाई अहिले केहीबेरपछि पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गर्दैछ ।