२९ कार्तिक २०८१, बिहीबार

४७ तोला सुनसहित ४ जना पक्राउ


crimes

१३ चैत, काठमाण्डौ । अवैध सुन तस्करीमा संलग्न ४ जनालाई ४७ तोला सुनसहित महागनगरीय प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको छ

काठमाण्डौ–९, पिंगलास्थलस्थित सवनम गेष्ट हाउसका सञ्चालक धनुषा सबेला–१२ का २० वर्षीय महोमद महमद सेफुल्ला, सर्लाहीको मलंगवा–७ का २५ वर्षीय रवी महतो र सिराहाको मिर्चैया–१० का ३८ वर्षीय राम पुकार महतो पक्राउ परेका छन् ।

सोमबार विदेशवाट अवैध सुन तस्करी गरिरहेको सुराकीका अाधारमा पक्राउ गरिएको वृत्तका प्रमुख अनुपम श्रेष्ठले बताए ।

उनका अनुसार पक्राउ परेकाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कार्यालय, गौचरणमा थप कारबाहीका लागि सुनसहित पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !