![crimes](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/01/crimes-1.jpg?fit=300%2C160&ssl=1)
१२ चैत, पोखरा । पोखरामा विहानी थापाको एक बालिकाको हत्या भएको छ । पाल्पा घर भइ पोखरा लेखनाथ महानगरपालिका-९ निवासी थापाको हत्या भएको हो ।
आइतबार साँझ घरवाट खेल्न निस्केकी उनी नफर्केपछि प्रहरीले खोजी गर्ने क्रममा पोखरा सभागृह चोकको पूर्वपट्टीको झाडीमा शव भेटिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले जानकारी दिए ।
सिमेन्टको बोरामा भरिएको बालुवाको बोराले छोपेको अवस्थामा शव भेटिएको एसपीसिंहले बताए । कास्की प्रहरीले हत्यामा संलग्न १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । खेलौनाको निहुँमा बालिकाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।