१५ आश्विन २०८१, मंगलबार

मेयर चौधरीमाथि गोली प्रहार


२८ फागुन, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ । सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो ।

आफ्नै निवासमा बसिरहेको अवस्थामा सोमबार राति करिब ८ बजेतिर आक्रमण भएको बताइएको छ ।

उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ र अहिले उपचारका लागि अन्यत्र लाने तयारी भइरहेको जनाइएको छ ।

बोक्सीको आरोपमा राधा चौधरीलाई मरणासन्न हुने घटनामा मिलापत्र गराएको भन्दै मेयरको आलोचना भैइरहेका बेला उनीमाथि आक्रमण भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !