२ जेष्ठ २०८१, बुधबार

‘टिके डाँका’ माथि गोली प्रहार


Tike-Daka

१३ माघम, चितवन । माघ ४ गते डिल्लीबजार जेल कारागारवाट फरार ‘टिके’ भनेर चिनिने कुख्यात डाँका टिकाबहादुर थापा मगर माथि प्रहरीले चितवनमा गोली चलाएको छ । शनिबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चितवनस्थित रामनगरमा पक्राउ गर्ने क्रममा गोली चलाउँदा हात र खुट्टामा गोली लागेको महाशाखाका एसएसपी दिवेश लोहनीले बताए ।

महानगरीय अपराध महाशाखा र चितवन प्रहरीको टोलीले साँझसवा पाँच बजे ना ४७ प ५०५२ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा पछाडी बसेको व्यक्तिले गोली चलाएपछि प्रहरीले पनि गोली प्रहार गरेको थियो । मोटरसाईकल टीकाबहादुर थापाले चलाएका थिए । भरतपुर महानगरपालिका वडा नं १ रामनगरमा प्रहरीले मोटरसाइकल रोक्न खोज्दा नरोकेर पछाडी बसेकमे मान्छेले गोली चलाएको चितवन प्रहरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !