३ फाल्गुन २०८२, आइतबार

सवारी साधनमा ठगी गर्ने दुई अभियुक्त पक्राउ


crimes

२६ पुस, काठमाण्डौ । सवारी साधन भाडामा लिएर भाडा नबुझाउने दुई जाना उपक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वरका शिवहरि कार्की र बालाजु माछापोखरीका दिनेश कार्की भन्ने दिनेश सार्की रहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

‘रामभोले भेइकल सप्लायर्स’को नाममा पेप्सीकोलामा उनीहरुले तीन जनावाट प्रति सवारी साधन मासिक १ लाख पाँच हजार रकम दिने भनी तीन वटा कार सम्झौता गरेर भाडामा लिएका थिए । करार बमोजिम सवारी साधनको मासिक भाडा नदिई दुई वटा कार बेवारिसे छाड्नुका साथै एउटा कार लुकाएर भागेकाले यसवाट आफ्नो ३७ लाख ३५ हजार ठगी भएको भन्दै पीडितले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !