१८ बैशाख २०८१, मंगलबार

गगन थापा माथि बम हान्ने  धरौटीमा रिहा


gagan_ghaite_qOJmejvshR

२२ पुस, काठमाण्डौ ।   नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि निर्वाचन प्रचारप्रसारका क्रममा बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ ।

अभियुक्त महेश नेपाली, बिग्रेस लामा र रोशन विष्टलाई रु ६० हजारका दरले धरौटी रकम लिएर जिल्ला प्रशासन कार्यालयले रिहा गरेको हो । दुई जनालाई भने पुर्पक्षका लागि थुनामा राखेको छ ।

राधी तामाङलाई भने नुवाकोटमा अर्को मुद्दा रहेकाले प्रहरीले नुवाकोटमा पठाइदिएको छ । उनीहरु सबैलाई प्रशासन कार्यालयले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा लगाएको थियो । घटनालगत्तै पक्राउ परेकामध्ये छ जनाविरुद्ध तत्काल जिल्ला अदालत काठमाडौँमा विस्फोटक पदार्थको प्रयोग तथा ओसारपसारसम्बन्धी मुद्दा दायर भएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !