६ बैशाख २०८१, बिहिबार

बालिकाको सकुशल उद्धार, अपहरणमा संलग्न ३ जना पक्राउ


अपहरण

काठमाडौं, २०७७ कात्तिक ४ । महानगरीय प्रहरी परिसर, ललितपुर, महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको संयुक्त प्रहरी टोलीले यही कात्तिक ३ गते बेलुका ललितपुर महानगरपालिका २९ हरिसिद्धीबाट बालिकाको सकुशल उद्धार गरेको छ ।

ललितपुर माहालक्ष्मी नगरपालिका-४ इमाडोलबाट अपरिचित ३/४ जना व्यक्तिहरूले बालीकाको अपहरण भएको भनि सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका २९ हरिसिद्धीबाट बालिका सकुशल उद्धार गरेको छ ।

अपहरणमा संलग्न जिल्ला सर्लाही हरिवन नगरपालिका ८ बाँसटोल घर भई ललितपुर महानगरपालिका २९ हरिसिद्वी बस्ने बर्ष ३० को राजु कार्की, जिल्ला काभ्रे नबोबुद्व नगरपालिका ८ घर भई सोही स्थान बस्ने बर्ष २३ कि सिता परियार र जिल्ला धनुषा धारापानि गाउँपालिका २ घर भई सोही स्थान बस्ने बर्ष ४० को कृष्ण तोलाङ्गीलाई प्रहरीले पक्राउ गरेको छ । घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !