काठमाडौँ । कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको छ । लिम्बू ललितपुरको ढोलाहिटीस्थित उनकै क्लिनिकबाट पक्राउ परेका हुन् ।
लिम्बूले यसअघि पनि पक्राउ परेका थिए । लिम्बूले आफूलाई आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा यस्तो भ्रम फैलाएका थिए । लिम्बूले आफूले कोरोनाविरुद्धको खोप बनाएको र त्यो प्रमाणित हुन बाँकी रहेको दाबी गर्दै आएका थिए ।