७ मंसिर २०८१, शुक्रबार

वडाध्यक्ष अख्तियारको नियन्त्रणमा


रुपन्देही, १८ भदौ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा रोहिणी गाउँपालिका –२ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आज नियन्त्रणमा लिएको छ ।

सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु ४५ हजार घुस मागेको र रु २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा वडाध्यक्ष पाण्डेलाई नियन्त्रणमा लिइएको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।

पाण्डेलाई वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !