६ जेष्ठ २०८१, आइतबार

लागुऔषधसहित एक पक्राउ


पक्राउ

दार्चुला, २० साउन । जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । दार्चुला सदरमुकाम खलङ्गास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएपछि महाकाली नगरपालिका–४ का ३५ वर्षीय राजेश निरौला पक्राउ परेका हुन् ।

सोमबार बेलुकी सो झोलुङ्गे सञ्चालनमा आएको थियो । पुल खुला अएको समयमा धार्चुलाबाट लागुऔषध लिएर आएका निरौलालाई जाँचका क्रममा पक्राउ गरिएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो । भारतको धार्चुलामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका एक नेपालीको दाहसंस्कारमा सहभागि हुन पुल सञ्चालनमा ल्याइएको थियो । तर पुल खुलेसँगै दार्चुला र धार्चुलाबाट स्थानीय पुलमा आवतजावत बढेको थियो ।
यसैबीच ,प्रहरीले नेत्रविकम चन्द समूहका नेता विष्णुराज लेखकलाई पक्राउ गरेको छ । यही साउन ८ गते शैल्यशिखर नगरपालिका–९ का वडाध्यक्ष रामधनी विष्ट सवार मोटरसाइकल आगजनीमा संग्लन रहेको अभियोग उहाँमाथि लगाइएको छ । यसअघि प्रहरीले सो घटनामा संग्लन रहेको अभियोगमा शैल्यशिखर–२ रतौडा घर भएका चन्द समूहका जिल्ला कमिटी सदस्य प्रताव वड, चक्रमान विक तथा शैल्यशिखर–३ लुइटाका धनीराम लावडलाई पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !