७ मंसिर २०८१, शुक्रबार

फरार दुई व्यक्ति पाँच महिनापछि पक्राउ


पक्राउ

भक्तपुर, ६ साउन । बैंकिङ कसुर मुद्दामा अदालतको फैसलाको अवहेलना गरी फरार रहेका भक्तपुर नगरपालिका–५ घर भई हाल सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

प्रतिभा नायभा श्रेष्ठको जाहेरीे रहेको मुद्दामा भक्तपुर जिल्ला अदालतले विसं २०७६ माघ २७ गते पाँच दिन कैद र रु छ लाख ९६ हजार १०० जरिवाना पैmसला गरेकामा फरार रहेका प्रधानाङ्गलाई भक्तपुरको प्रहरी टोलीले सोमबार पक्राउ गरी भक्तपुर जिल्ला अदालतमा पेश गरेकामा फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडाँै पठाउने आदेश भएपछि कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

त्यसैगरी विश्वराम लवजु चोरी मुद्दामा दोषी ठहर गर्दै जरिवाना फैसला भएका भक्तपुर नगरपालिका–९ कमलविनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई प्रहरीले सोमबार पक्राउ गरी जरिवाना असुल गरेको छ । भक्तपुर जिल्ला अदालतले गत माघ २७ गते रु ११ हजार जरिवाना फैसला गरे पनि फरार रहेका प्याठलाई पक्राउ गरी जरिवाना असुल गरिएको प्रनाउ गिरीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !