१४ मंसिर २०८१, शुक्रबार

बनेपामा सुन चोरीको आरोपमा ३ जना पक्राउ


पक्राउ

बनेपा, १३ असार । काभ्रेको बनेपा नगरपालिका-९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मङ्गलवार बिहान श्रेष्ठको खाटको घर्राभित्र राखेको करिब १८ तोला सुन र चाँदी चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बनेपा नगरपालिका-८ मा डेरा गरी बस्ने करुणा घिमिरे, सोही ठाउँका राजु मानन्धर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–५ घर भई बनेपा नगरपालिका-८ मा डेरागरी बस्ने सृजना आचार्य रहेका छन् ।

चोरीएको मध्ये १० तोला सुन र १२ तोला चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ । तीनै जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !