१२ असार २०८१, बुधबार

सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा ४ गम्भीर घाइते


दुर्घटना

मेलम्ची, २ जेठ । सिन्धुपाल्चोकको हेलम्बुमा ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । हेलम्बु गाउँपालिका–१ बाट मेलम्ची फर्किदै गर्दा बा३ख ७९६८ नंको ट्रक गनेशेमा आज बिहान दुर्घटनामा परेको थियो ।

ट्रकमा सवार चारै जना घाइतेको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ लैजान लगिएको इलाका प्रहरी कार्यलय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिनुभयो ।

चालक निदाएका कारण दुर्घटना परेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । घाइते हुनेमा सुनकोशी–५ का चालक पासाङ तामाङ, सोही गाउँपालिकाका २५ वर्षीय ग्यालसन तामाङ, मेलम्ची–१० का १९ वर्षीय राजन सुनार र बाह्रबिसे नगरपालिकाका २१ वर्षीय लालबहादुर तामाङ रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !