१४ बैशाख २०८१, शुक्रबार

रामेछाप जिप दुर्घटनामा उपचारको क्रममा २ जनाको मृत्यु


दुर्घटना

१८ चैत, काठमाडौँ । भक्तपुरबाट रामेछापको दोरम्बामा गएको बा १४ च ९४९८ को जिप रामेछापको खाँडादेवी- १ राकाथुममा मंगलबार बिहान भएको जिप दुर्घटनामा घाइते भएका २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त दुर्घटनामा घाइते भएका दोरम्बा गाउँपालिका-३ का ४० वर्षीय गोपीलाल पहरी र सोही गाउँपालिका वडा नम्बर-२ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको हो ।

गोपीलालको शिर मेमोरियल अस्पताल बनेपा र संगीताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त जिप सडकदेखि करिब १ सय मिटर तल खसेर दुर्घटना हुँदा ३० जना घाइते भएका थिए ।

लकडाउनको समयमा भक्तपुरमा अलपत्र परेकाहरु राति जिप चढेर रामेछापको विभिन्न गाउँ फर्किन लागेका बताइएको छ । जिपमा सवार सबै भक्तपुर क्षेत्रमा ज्याला र मजदुरी काम गर्दै आएका मानिस र उनीहरुका परिवार रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

भक्तपुरबाट रामेछापमा गएको जिप दुर्घटना, ३० जना घाइते


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !