१३ बैशाख २०८१, बिहिबार

भक्तपुरबाट रामेछापमा गएको जिप दुर्घटना, ३० जना घाइते


दुर्घटना

१८ चैत, काठमामडौं । भक्तपुरबाट रामेछापको दोरम्बामा गएको जिप दुर्घटना हुँदा ३० जना घाइते घाइते भएका छन् । भक्तपुरबाट रामेछाप जाँदै गरेको बा १४ च ९४९८ को जिप रामेछापको खाँडादेवी- १ राकाथुममा मंगलबार बिहान जिप दुर्घटना भएको हो । लकडाउनको समयमा भक्तपुरमा अलपत्र परेकाहरु राति जिप चढेर रामेछापको विभिन्न गाउँ फर्किन लागेका बताइएको छ ।

उक्त जिप सडकदेखि करिब १ सयमिटर तल खसेर दुर्घटना भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुर्घटना भएको खबर पाउनेवित्तिकै बिहान ५ बजे घाइते ३० जनाको उद्दार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ ।

उक्त जिपको चालकले स्थानीय प्रशासनसँग अनुमति लिएर रामेछापतर्फ आएको बताएपनि अनुमति लिएको पुष्टि भएको छैन । जिपमा सवार सबै भक्तपुर क्षेत्रमा ज्याला र मजदुरी काम गर्दै आएका मानिस र उनीहरुका परिवार रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !