१३ आश्विन २०८१, आइतबार

धादिङमा जिप दुर्घटना हुँदा २३ जना घाइते


१४ कात्तिक, धादिङ । ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन् । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डवाट आज करिब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।

कच्ची सडकबाट घाइतेको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ । जिपमा ३० जना सवार रहेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !