७ आश्विन २०८१, सोमबार

विमानस्थल अझै अवरुद्ध


२७ असार, काठमाडौं । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्स विमान शुक्रबार बिहान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गबाट चिप्लिएको कारण त्रिभुवन विमानस्थल अझै अवरुद्ध छ ।

विमानलाई धावनमार्ग छेउबाट हटाउनका लागि विमानस्थल कार्यालय, प्रहरी र यती एयरलाइन्सको टीमले काम गरिरहेको छ । विमानस्थल कार्यालयले २ बजेसम्म विमान हटाइसक्ने भने पनि अहिलेसम्म काम सकिएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !