६ आश्विन २०८१, आइतबार

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, आठ घाइते


दुर्घटना

भरतपुर, ७ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा आज भएका छुट्टाछुटै दुर्घटनामा एकको मृत्यु भएको छ । अन्य आठ घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१प ५०५ नंको बसले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१त ७३०८ नंको कारलाई ठक्कर दिँदा कारमा सवार पाँचमध्ये स्याङजाका ४८ वर्षीय होमबहादुर थापाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

अन्य दुईको चितवन मेडिकल कलेज र एक÷एक जनाको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै आजै नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गतकै भरतपुर २९ केराबारीमा पानीको ट्याङकर र कार एकापसमा ठक्कर खाँदा चार घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना१क ५४२७ नंको ट्याङ्कर र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१च ९७०० नंको कार एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा कारमा सवार चार घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !