६ आश्विन २०८१, आइतबार

दुर्घटनामा एक जनाको मृत्यु


मृत फेला

साँखु, ५ असार । गोकर्णेश्वर नगरपालिका–४ इटी चोकमा आज दिउँसो १ बजे सार्वजनिक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सुन्दरीजलबट रत्नपार्क जाँदै गरेको बा१ख ८७४४ नंको बस दुर्घटना हुँदा बसकै सहचालक सागर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार अन्य २० जना घाइते भएको र उनीहरुको उपचार जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

बस सडकबाट पाँच फिट तल खेतमा पल्टिएको थियो । चन्दका अनुसार सवारी चालकलाई नियन्त्रणमा लिइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !