![आगलागी](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/03/Fire.jpg?fit=758%2C423&ssl=1)
इलाम नगरपालिका–४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ । मेची राजमार्ग नजिकै रहेको हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि स्थानीय बासिन्दा र कर्मचारीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
वडा नं ३ का अध्यक्ष नुतनदेव दुलालका अनुसार हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि नजिकै रहेको पानी पाइप छिनालेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हो । आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल घटनास्थलतर्फ गएको छ । आगो के कारणले लागेको भन्ने बारेमा यकिन हुन सकेको छैन ।
–––