३ असार २०८१, सोमबार

आगलागीबाट करोडौँको क्षति


आगलागी

लम्की, ३ जेठ । कैलालीको बर्दगोरिया गाउँपालिका–१ सडकपुर बौनियाँमा इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

स्थानीय व्यापारी प्रकाशनाथको इलेक्ट्रोनिक्स पसलको गोदाममा आगलागी हुँदा रु एक करोड ३० लाख बराबरको क्षति भएको पीडितनाथले बताउनुभयो ।

आज भएको आगलागीबाट गोदाममा राखिएका फ्रिज, पङ्खा, मोटर, राईसकुकर विद्युत् वाइरिङका सामानका साथै सोही घरभित्र रहेका अन्नपात लगायतका अन्य सामान पनि जलेर नष्ट भएका छन् । आगो लम्की चुहा नगरपालिका र घोडाघोडी नगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा करीब दुई घण्टापछि मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बौनियाले विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !