५ जेष्ठ २०८१, शनिबार

कार र पिकअप ठोक्किँदा दुईको मृत्यु, दुई घाइते


durghatana

१८ वैशाख, विराटनगर । मोरङमा सोमवार साँझ दुईवटा गाडी एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

ग्रामथान गाउँपालिका–५ विराटचोकमा बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप एकापसमा ठक्कर खाँदा कारमा सवार झापाका ५० वर्षीय जयसिंह राजवंशी र मोरङको जहदाका ३६ वर्षीय विनोद साह सुनारको उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश १ प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । सोही घटनामा कटहरिका २८ वर्षीय जीतेन्द्र साह र कारचालक मोरङ कर्सियाका २४ वर्षीय दिनेश राजवंशी गम्भीर घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !