काठमाडौं। लमजुङको भुलभुले आसपास बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ ।
यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।
विशेष स्रोतका अनुसार भूकम्प आएलगत्तै सबैको भागाभाग चलेको छ । स्रोतका अनुसार पुराना माटोले बनेका घरहरु भत्किए पनि त्यसबाट मानवीय क्षति भएको खबर भने आउन बाँकी छ ।