११ बैशाख २०८१, मंगलबार

दक्षिण भारतमा सडक दुर्घटना : १४ जनाको मृत्यु, ४ जना घाइते


दक्षिण भारतमा सडक दुर्घटना : १४ जनाको मृत्यु, ४ जना घाइते

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान सबेरै भएको एक सडक दुर्घटनामा परी कम्तीमा १४ जना व्यक्तिको मृत्यु भएको छ ।

एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य ४ जना घाइते भएका आइतबार स्थानीय स्रोतले जानकारी दिएको छ । दुर्घटनामा ८ महिला मारिएका छन् । घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ ।

प्रहरीका अनुसार दुर्घटना कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारार्थ सरकारी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएइको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !