६ जेष्ठ २०८१, आइतबार

जाजरकोटमा जीप दुर्घटना : ५ जनाको मृत्यु


दुर्घटना

जाजरकोट, असोज २१ । जाजरकोट जिल्लामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका-१ औलखोला नजिक जीप दुर्घटना हुँदा सडकदेखि करिब ५०० मिटर तल औलखोलामा जीप खसेको हो । जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप आज दुर्घटनामा परेको हो ।

घटनास्थलमा पुगेको प्रहरीका अनुसार १ जनाको शव निकालिएको छ भने बाँकी ४ जनाको शव खोलामा देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !