मोरङ, असार १९ । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका-१५ रानीमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ । बिहिवार राती साँढे ११ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक बिराटनगर महानगरपालिका-१६ का २३ बर्षीय प्रशान्त बस्नेतको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा राती साँढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।