१२ बैशाख २०८१, बुधबार

रौतहटमा चट्याङबाट १ जनाको मृत्यु


चट्याङ लागेर मृत्यु

रौतहट, ११ जेठ । आज साँझ यहाँ हावाहुरीसहित परेको चट्याङमा परेर एक जनाको मृत्यु भएको छ । मलहापुर नगरपालिका–८ सर्नियाटोलका ४५ वर्षीय राजकुमार बैठाको चट्याङबाट मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बैठाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभयो । हावाहुरी र चट्याङले अन्य के कति क्षति भयो यकिन हुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !