२ जेष्ठ २०८१, बुधबार

लकडाउन उल्लघंन गर्ने १६१८ जना नियन्त्रणमा


लकडाउन उल्लघंन

काठमाण्डौ, ०७ बैशाख । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय ८५ महिला सहित १२ सय ३३ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि बेलुका १८:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ३ सय ५६ वटा दुई पाङ्ग्रे र ४ वटा चारपाङग्रे गरी ३ सय ६० वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौबाट सबैभन्दा बढि १३ सय ५९ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट २ सय ६ र भक्तपुरबाट ५३ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गर्नु भयो । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा ९६ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !