१४ मंसिर २०८१, शुक्रबार

लागुऔषधसहित दुई पक्राउ


पक्राउ

परासी, ६ असार । ठूलो परिमाणमा लागुऔषधसहित पश्चिम नवलपरासी प्रहरीले दुईलाई पक्राउ गरेको छ । प्रहरी चौकी गेरमीबाट खटिएको प्रहरी टोलीले जिल्लाको पाल्हीनन्दन–५ चमनटोलस्थित भारतीय सीमाक्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामग्र्राम नगरपालिका–३ बस्ने वर्ष २५ को लक्षु लोहार र रामग्राम–८ बस्ने वर्ष ३८ का राकेशकुमार भन्ने बुद्ध देवदत्त रहेका छन् । भारतबाट पैदल नेपाल आइरहेका उनीहरुको झोला जाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार उनीहरुको साथबाट डाइजोपाम, फेनरागन र बुप्रेनोफ्रिन दुई/दुई एमएलको १००/१०० एम्पुल गरी कूल ३०० एम्पुल लागुऔषध बरामद भएको हो । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको उपरीक्षक थापाले बताउनुभयो ।

अवैध कपडासहित एक पक्राउ

सीमा प्रहरी चौकी महेशपुर नवलपरासीले करीब रु चार लाख बराबरको अवैध कपडासहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सरावल गाउँपालिका–३ हात्तीवनमा गस्ती गर्ने क्रममा भारतबाट लुकाइछिपाई भारतीय मोटरसाइकलमा ल्याइएको अवस्थामा अवैध कपडा र कारोवारमा संलग्न पाल्हीनन्दन–१ छोटकी सुनरी बस्ने वर्ष १८ का अजमत अलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुई भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको फूलसर्ट ८०४ थान, दोसल्ला ३०० थान र दुईवटै मोटरसाइकल गरी रु चार लाख बराबरको मालसमान बरामद गरिएको हो । कारोबारमा संलग्नलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको र कारोवारमा संलग्न अन्यको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !