६ आश्विन २०८१, आइतबार

लागुऔषध आरोपी पक्राउ


पक्राउ

रत्ननगर, ५ असार । लागुऔषधबाट जिल्लामा शान्ति सुरक्षाको अवस्था बिग्रन नदिन चितवन प्रहरीले अभियान शुरु गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता, बेचबिखन गर्ने, चुल्ठे तथा मुन्द्रेलाई पक्राउ गरी उनीहरुको अभिभावकलाई सन्तानले गर्दै आइरहेको क्रियाकलापको बारेमा जानकारी दिई जिम्मा लगाउने काम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बुधबार जिल्लाका विभिन्न ठाउँबाट ४० लागुऔषध आरोपीलाई पक्राउ गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक मल्लले लागुऔषध सेवन गरिरहेको अवस्थामा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । यो अभियानलाई निरन्रता दिइने उहाँले बताउनुभयो ।

पक्राउ परेकाहरुलाई प्रहरीले लागुऔषधको सेवनबाट पर्ने असरका बारेमा प्रशिक्षण दिने गरेको छ । त्यस्तै लागुऔषध कारोबारमा पक्राउ परेकालाई मुद्दा दर्ता गरेर कानूनी कारवाही अघि बढाइने चितवन प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !