प्राग, २९ जेठ । चेक गणतन्त्रको मोराभियाको राजमार्गमा बाल फुटबल खेलाडी चढेको बस र ट्रक एकापसमा ठोक्किँदा कम्तीमा १५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते भएकाहरुमा अधिकाँश बसमा यात्रारत बालबालिका रहेका छन् । घाइतेमध्ये १५ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
एक स्थानीय टेलिभिजनका अनुसार बसका चालकले नै ट्रकलाई ठक्कर दिएका थिए । प्रहरीले उक्त घटनाका बारेमा बस र ट्रकका चालकलाई नियन्त्रणमा लिएर छानबिन शुरु गरेको छ । (रासस/सिन्ह्वा)