४ आश्विन २०८१, शुक्रबार

मोटरसाइकल चालकको मृत्यु


मृत फेला

पोखरा, २८ वैशाख । पोखराको चाउथेमा गएराति मिक्चर (ट्रक)मा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । पोखरा–३१ को बेगनासताल बस्ने मोटरसाइकल चालक २५ वर्षीय अजय भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ग १ क २६६६ नं को मिक्चरसँग ग १ प २५८६ नं को मोटरसाइकल ठोक्किँएपछि सो दुर्घटना भएको थियो । गम्भीर अवस्थामा भट्टराइलार्ई पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !