१३ आश्विन २०८१, आइतबार

फरार अभियुक्त पक्राउ


पक्राउ

राँझा, २४ वैशाख । जिल्ला प्रहरी कार्यालय बाँकेले तीन फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको फैसला कार्यान्वयन टोलीले डाँका–चोरीमा छ वर्ष कैद सजाय पाएका एक र लागुऔषध मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार डाँका चोरी मुद्दाका फरार अभियुक्त डुडुवा गाउँपालिका–६, शिखनपुरुवाका ५९ वर्षीय सरनम सिंह सरदारलाई प्रहरीले पक्राउ गरेको हो । सरदारलाई विसं २०७० जेठ १८ गते अदालतले छ वर्ष कैद सुनाएको थियो । लागुऔषध मुद्दाका फरार अभियुक्त खजुरा गाउँपालिका–७ गुनानाका जमाल भाट र कोहलपुर नगरपालिका–२ का राजु विकलाई पनि प्रहरीले पक्राउ गरेको छ । जमाललाई विसं २०७५ जेठ १८ गते अदालतले १० महीनाको सजाय र राजुलाई सोही मितिमा तीन महीनाको सजाय सुनाएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !