४ आश्विन २०८१, शुक्रबार

कार दुर्घटनामा एकको मृत्यु


मृत्यु

तौलिहवा, २० वैशाख । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकाको कैला खोला नजिकै आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

दाङबाट कपिलवस्तुको चन्द्रौटा तर्फ जाँदै गरेको बा १४ च ८४४५ नं को कार दुर्घटना हंँदा कारमा सवार रामपुर ६ दाङका ४७ वर्षीय तीर्थ आचार्यको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक बाबुराजा पन्तले बताउनुभयो ।

यसैगरी कारमा सवार लमही– ८ दाङका २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको हाल प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । कार अनियन्त्रित भई सडकबाट करीब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !