१४ मंसिर २०८१, शुक्रबार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


मृत्यु

९ वैशाख, नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गए राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् ।

रोकी राखेको यूपी ६५ बि.पी. ३९११ नंको भारतीय ट्रकमा पछाडिबाट लु ७ प १३१२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइल चालक पश्चिम नवलपरासी रामग्राम–१६ हकुई बस्ने २६ वर्षीय रमेश यादवको उपचारको क्रममा मृत्यु भएको हो ।

यादवको उपचारको क्रममा जिल्ला पृथ्वी चन्द्र अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी सोही स्थानका २२ वर्षीय रामकृण्ण कहाँर घाइते भएका छन् । दुर्घटना परासी–भैरहवाअन्तर्गत हुलाकी सडकमा भएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !