३ आश्विन २०८१, बिहीबार

सालको रूख काट्ने पक्राउ


पक्राउ

२५ चैत, भद्रपुर । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकाबाट मध्यरातमा सालको रूख काट्दै गरेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुद्धाशान्ति–३ का सनम राई रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । राईसँग रूख काट्न संलग्न अन्य भने फरार रहेका छन् । बुद्धशान्ति–३ र ४ मा रहेको नवज्योति सामुदायिक वनमा आइतबार राति २ बजे रूख काट्दै गरेको सूचनाका आधारमा पुगेको वनको गस्ती टोली र स्थानीयवासीले उनलाई पक्राउ गरेको हो ।

राईलाई वन कार्यालय झापाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको र अन्यको खोजी भइरहेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । उहाँका अनुसार राईसँगै गस्ती टोलीले २२ क्यू वि सालको काठ र काठ ल्याउन प्रयोग गरिने ठेलासमेत पक्राउ गरेको छ ।

सरकारी वकीलको रायअनुसार पक्राउ परेका राईलाई म्याद थप गरेर २४ दिनसम्म वनको हिरासतमै राखेर अनुसन्धान गरी अदालतमा बुझाइने प्रमुख घिमिरेको भनाइ छ । वन ऐन २०४९ अनुसार उनलाई कारवाही हुने उहाँले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !