३ आश्विन २०८१, बिहीबार

चोरीको स्कुटरसहित एक पक्राउ


पक्राउ

२२ चैत, साँखु । महानगरीय प्रहरी प्रभाग कपनले चोरीको स्कुटरसहित एक जनालाई पक्राउ गरको छ । बिहीबार काठमाडौँ महानगरपालिका–६ रामहिटी मुकुम गुम्बा नजिक सडकछेउमा पार्किङ गरिराखेको बा२९प ६०७९ नंको कालो रङको डियो स्कुटर चोरी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

उजुरीपछि प्रभागका प्रहरी निरीक्षक मीनबहादुर कुँवरसहितको प्रहरी टोलीले बिहीबार साँझ बुढानीलकण्ठ नगरपालिका–१० कपन मिलनचोकबाट स्कुटरसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।

ओखलढुङ्गा घर भई कपन साततले बस्ने १६ वर्षीय विकास रानामगरलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी निरीक्षक कँुवरले जानकारी दिनुभयो ।

प्रहरी प्रभाग कपनले यसअघि पनि बुढानीलकण्ठबाट मोटरसाइकल चोरी गरी फरार भएको भन्दै प्रहरीको हटलाइनमा उजुरी परेको केही समयमै चोरसहित कपनबाट मोटरसाइकल बरामद गरेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !