३ आश्विन २०८१, बिहीबार

बलात्कार गरेको आरोपमा पक्राउ


crimes

१२ चैत, नुवाकोट । न्यूनदृष्टियुक्तलाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षिय हरिबहादुर तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ ।

अभियुक्त तामाङले युवतीलाई आइतबार बलात्कार गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोमबार नै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । आरोपितलाई जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरी अदालतबाट थुनामा राख्ने म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !